-
इटहरी । वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय (पियु) को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा बुधबार पास भएपछि विश्वविद्यालयको प्रशासनिक काम अब गोठगाउँबाटै हुने निश्चित भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ माथि छलफल गरियोस् भनी प्रस्तुत गरेको विधेयक पारित भएको हो ।
सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा पर्याप्त पूर्वाधार भएर पनि वर्षौं पहिलेदेखि विश्वविद्यालयको प्रशासनिक तथा अन्य काम विराटनगरबाट सञ्चालन भइरहेको थियो । त्यस विषयमा गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयवासीले विगतदेखि पटकपटक आन्दोलन गर्दै आएका थिए ।
गोठगाउँबाटै प्रशासनिक काम सञ्चालन हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । खुशियालीमा विश्वविद्यालय परिसरमा बुधबार साँझ दीपावली गरिएको छ । सुन्दरहरैँचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ, नेकपा सुन्दरहरैँचाका अध्यक्ष केदार गुरागाईं, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंलगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणको सहभागितामा बेलुका दीपावली गरेर सो निर्णयको स्वागत गरिएको थियो ।
विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि पहल हुँदै आएको थियो । विभिन्न समिति बनेर सङ्घर्ष हुँदै आएको भए पनि विश्वविद्यालयका पदाधिकारीले विराटनगर छाड्न चासो नदेखाएको बताइएको थियो ।
पछिल्लो समय सुन्दरहरैँचाका प्रमुख ढकालले सो विषयमा पहल लिनुभएको थियो । उहाँले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरङका सबै पालिकाको हस्ताक्षरसमेत सङ्कलन गर्नुभएको थियो । उहाँले धेरै समय अघिदेखि सङ्घर्ष गर्दै आएको काम सफल भएकामा खुशीसमेत व्यक्त गर्नुभयो ।
अहिलेको नेकपाको सरकारसमेत विश्वविद्यालयलाई गोठगाउँमै केन्द्रित गर्न सकारात्मक बनेको तथा अहिलेका शिक्षामन्त्रीसमेत यस विषयमा सकारात्मक भएका कारण पनि यो विषयले प्राथमिकता पाएको बताइएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१