

-
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ ।
महिला, विकास र कानून मञ्चले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका महिला सशक्तिकरण महाशाखाप्रमुख मनमायाँ पङ्गेनीले कोष स्थापनाका लागि कार्यविधि बनाई सबै स्थानीय तहमा रु १० हजारका दरले सहयोग रकम पठाइएको जानकारी दिनुभयो ।
कोष स्थापनापछि कुसंस्कार र कुरीतिका आधारमा चलिरहेको लैङ्गिक हिंसा नियन्त्रणका लागि सहयोग पुग्ने उहाँको विश्वास थियो । अछाममा मात्र पछिल्लो समय पाँच हजार ५०६ वटा छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ । ६२० छाउगोठ घरधनीले नै भत्काए । बाँकी भने प्रहरी भत्काएको महाशाखाप्रमुख पङ्गेनीले सुनाउनुभयो ।
कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, भिएसओका शिखा श्रेष्ठ लगायतले सामाजिक मूल्य मान्यताका रुपमा स्थापित लैङ्गिक हिंसा निवारणका सबै स्थानीय तहमा गठन भएका कोषलाई सञ्चार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । रासस
News Desk 0 response सोमवार, फाल्गुन १२, २०७६


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२