-
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चौथो निर्वाचन दिवसका अवसरमा आज आयोजित विशेष समारोहको समुद्घाटन गर्नुभयो । कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना २०७६–८१, निर्वाचन स्मारिका र निर्वाचन न्याय, स्रोत पुस्तिका अर्पण गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रपतिले आयोग र मातहतका कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने पाँच कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । पुरस्कार प्राप्त गर्नेमा सहसचिव गिरिजा शर्मा, शाखा अधिकृत नम्रता चुडाल, जिल्ला निर्वाचन अधिकृतद्वय महेश शर्मा र इन्दिरा यादव तथा कम्प्युटर अधिकृत दिनेशकुमार राई हुनुहुन्छ ।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री र मन्त्रिगणको उपस्थिति थियो । संवैधानिक आयोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, पूर्वप्रमुख आयुक्त र आयुक्त एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु समारोहमा सहभागी हुनुहुन्थ्यो ।
विसं २०१५ फागुन ७ गते पहिलो संसदीय आमनिर्वाचन प्रारम्भ भएको दिनको सम्मानमा २०७३ सालबाट फागुन ७ गतेको दिनलाई निर्वाचन दिवसका रूपमा मनाइँदै आएको छ । ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन: शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ चौथो निर्वाचन दिवस बनाइएको हो । रासस
News Desk 0 response बुधबार, फाल्गुन ७, २०७६
सम्बन्धित शीर्षकहरु
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१