-
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको छ बताउनुभएके छ ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा वाग्मती प्रदेश सरकारद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले सरकारले जनताप्रति उत्तरदायी बहन गर्दै राष्ट्रिय गौरवको आयोजनालगायत जनहितको विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको बताउनुभयो । मुख्यमन्त्रीले एकोहोरो सरकारको आलोचना गर्ने मात्रै बानीलाई त्यागेर रचनात्मक सोच पनि राख्नुपर्ने घारणा व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिँड्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अहिले सुशासनको सम्बद्र्धन गर्दै जनतालाई मौलिक हको संरक्षण तथा दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन उच्च प्राथमिकता दिएको बताउनुभयो ।
सो अवसरमा वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्ति सुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वयनतर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारको सिफारिसअनुसार प्रदेशसभाले विभिन्न ४८ वटा विधेयक पारित गरिएको र ती विधेयकबाट सरकारले आफ्नो कार्यसम्पादनमा गतिशीलता ल्याएको छ भन्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले प्रदेश सरकारले स्थानीय निकायलाई समन्वय गरेर जनताको हितको निमित्त सहज ढङ्गबाट उनीहरुलाई सेवा सुविधा उपलब्ध गराउनेतर्फ अग्रसर गराउँदा प्रजातन्त्रको सुदृढीकरणमा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । प्रजातन्त्र दिवसको अवसरमा हेटौँडास्थित बुद्धचोकबाट मुख्यमन्त्री पौडेल, वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीगण, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालय प्रमुख र सुरक्षाका उच्च अधिकृत सम्मिलित र्याली बजारको परिक्रमा गरी वाग्मती प्रदेश सरकारको परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो । रासस
News Desk 0 response बुधबार, फाल्गुन ७, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१