

-
चिप्लेढुङ्गा । तथ्याङ्क सङ्कलनलाई प्रविधिमैत्री तरिकाबाट विश्वसनीय बनाउनुपर्नेमा पोखरामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय तथ्याङ्क विभागको आयोजना र नेपाल पत्रकार महासङ्घको संयोजनमा ‘राष्ट्रिय जनगणना २०७८’ सम्बन्धी अन्तत्र्रिmयाका सहभागीले सत्य र सही तथ्याङ्कले देशको नीति तथा योजना निर्माण र कार्यान्वयनमा सघाउने हुँदा वैज्ञानिक ढङ्गबाट तथ्याङ्क सङ्कलन हुनुपर्नेमा जोड दिए ।
महासङ्घका पूर्वकेन्द्रीय सदस्य पुण्य पौडेलले जनगणनामा सञ्चारकर्मीको भूमिका विषयमा प्रस्तुति गर्दै तथ्याङ्क सङ्कलनको विधि, प्रक्रिया र समावेशिताको विविध पक्षमा सञ्चारजतले निगरानी गर्नुपर्छ भन्नुभयो ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेले सङ्घीय संरचनामा पहिलो गणना र सामुदायिक प्रश्नावलीको प्रयोग गरी सम्पूर्ण घरको प्रयोजनसहित गणना गरिन लागेको जानकारी दिनुभयो । १२औँ जनगणनालाई प्रविधिको प्रयोग गरेर स्थानीय तह अनुसारको नतिजा प्रकाशन गर्ने, नौ महिनाभित्र त तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
कास्कीका प्रजिअ रमेशकुमार केसीले २०७८ को जनगणनालाई त्रुटिरहित र सर्वमान्य बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने औँल्याउनुभयो । कार्यक्रममा तथ्याङ्क कार्यालय कास्कीका निर्देशक जगुलाल बस्याल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नागरिक समाजका विष्णु बराल, इन्सेक संयोजक शिव खकुरेललगायत पत्रकारले जनगणनासम्बन्धी आफ्नो धारणा र जिज्ञासा राख्नुभएको थियो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१