-
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सोमबार नै नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गर्नुभयो । युएनडिपी प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि यही फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । गत माघ १३ गते सभामुख पदको शपथ लिनुभएका सापकोटासँग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदूतले प्रत्यक्ष भेट गरी शुभकामना दिइसक्नुभएको छ । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन ६, २०७६
सम्बन्धित शीर्षकहरु
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ कति ?
सोमवार, माघ ७, २०८१कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई र उपत्यकामा हुस्सु
सोमवार, माघ ७, २०८१-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१
-
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सोमवार, माघ ७, २०८१ -
विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमवार, माघ ७, २०८१ -
अमेरिकी डलरको भाउ स्थिर, अरु विदेशी मुद्राको..
सोमवार, माघ ७, २०८१ -
कर्णालीका हिमाली भेगमा हिउँ पर्ने सम्भावना, तराई..
सोमवार, माघ ७, २०८१ -
अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज पदभार ग्रहण..
सोमवार, माघ ७, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१