

-
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताउनुभएको छ । उहाँले धुलिखेल नगरपालिकाको ३४औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ, फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो । हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ, देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब हाम्रा प्रतिभा, श्रम–सामथ्र्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ, शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पु¥याउने काम गर्दैछौँ ।”उहाँले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्षभित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पु¥याइसक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी दिनुभयो । “हामी एक गाउँमा मात्रै हैन, सबै गाउँमा विकास गर्छौँ, अब हामी सुरुङ युगमा प्रवेश गर्दैछौँ, सुरुङ बनाउँदै जान्छौँ, बाटो चौडा गर्दै जान्छौँ”, उहाँले भन्नुभयो ।
उहाँले कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाइने जानकारी पनि दिनुभयो । प्रधानमन्त्री ओलीले काठमाडौँमा टेलिफोनका तार जमीनमुनिबाट पाइपबाट लैजाने कामको शुरुआत भएको उल्लेख गर्दै जमीनमा खनेर धुलो र खाल्डा बनाउनुपर्ने कामको अन्त्य भएको पनि बताउनुभयो ।
“विकास भनेको पूँजीपतिले पैसा कमाउने मात्रै हैन, गर्भमा भएका भ्रुणदेखि जीवन बाँचुञ्जेज मसिनो रुपमा हेरविचार गरी मानिसप्रति उत्तरदायी हुने चरित्रको विकास गर्दैछौँ” उहाँले भन्नुभयो । सरकारले सडक बालबालिका र सडक मानव कहीँ पनि रहन नदिने बताउँदै हाल धेरै व्यवस्थापन गरिसकिएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले खान नपाएर मानिस भोकै मर्ने समस्या नहुने दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “जनताको सरकारका बेला खानै नपाएर मर्ने ? त्यस्तो नेपालमा हुँदैन, जनताको सरकारले कसैलाई भोकै राख्दैन ।” शतप्रतिशत बालबालिका अब विद्यालय जान थालेकामा खुशी व्यक्त गर्दै उहाँले हाल विद्यालय छाड्ने बालबालिकको सङ्ख्या नगण्य रहेकाले त्यस सङ्ख्यालाई समाप्त पारिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले एक सय वर्षदेखि दक्षिण एशियाको सबैभन्दा पहिलो बिजुली उत्पादन गर्ने नेपाल ५०० मेगावाटभन्दा कम उत्पादन गरेर बसेकामा दुई वर्षमा हजार मेगावाट नघाइएको बताउनुभयो । “अर्को वर्षमा अर्को हजार मेगावाट बढाउँछौँ, अहिले अलिअलि विद्युत् निर्यात गर्दैछौँ, अर्को वर्षदेखि निर्यात बढाइँदै लगिन्छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोक प्रतिभा जन्माउने जिल्लाका रुपमा क्रमशः प्रकट हुँदै गएको उल्लेख गर्दै धुलिखेलको विकासले आफू खुशी भएको बताउनुभयो । उहाँले जिल्लाका तरकारी र फलफूललाई प्राङ्गारिक बनाउँदै आधुनिकीकरणको दिशातर्फ अघि बढाउन सुझाव दिनुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले न्याय र समानतासँगै नेपाललाई विकासतर्फ डोहो¥याइरहेको बताउनुभयो । खानेपानीमन्त्री विना मगरले धुलिखेल नगरपालिकाले खानेपानीमा स्वच्छता कायम गरिरहेकामा खुशी व्यक्त गर्नुभयो । नगरप्रमुख अशोक व्याञ्जू श्रेष्ठले आगामी २० वर्षमा नेपालकै उत्कृष्ट नमूना नगर हुने गरी काम अघि बढाइएको उल्लेख गर्दै पाँच वर्षभित्र नगरवासीका आधारभूत आवश्यकता पूर्ति गरिने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट जिल्लाका व्यक्तित्वलाई सम्मान गर्नुभयो । यसअघि उहाँले काभ्रेभञ्ज्याङमा निर्माण गरिएको जननेता मदन भण्डारीको शालिक अनावरण गर्नुभएको थियो । रासस
News Desk 0 response सोमवार, फाल्गुन ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२