

-
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताउनुभएको छ । झापाको दमक–चिसापानी (रवि) कालोपत्र सडकको आज यहाँ शिलान्यास समारोहमा उहाँले विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्यत भएको बताउनुभयो । त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने उल्लेख गर्नुभयो । आफू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै उहाँले भन्नुभयो, “सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन ।” सरकार बनेको दुई वर्षमा उल्लेखनीय प्रगति भएको जिकिर गर्दै उहाँले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्यअनुसार पूरा हुनेछ भन्नुभयो ।
प्रम ओलीले अहिले देशले काँचुली फेर्दै गएको भन्दै विकासको विरोध होइन सँगै काम गरेर अघि बढ्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो । देशले द्वन्द्व होइन शान्ति र समृद्धि चाहेको उल्लेख गर्दै उहाँले अब परिवर्तनका नाममा गरिने हिंसा र आन्दोलन गर्नुपर्ने दिन सकिएको बताउनुभयो । देशमा सडक बालबालिका, सडकमा मागिहिँड्ने वृद्धवृद्धा मुक्त देश बनाउन काम शुरु भएकाले त्यसले साकार रूप लिने उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा प्रम ओलीले सरकारी तथा सार्वजनिक सम्पत्ति कब्जा गर्ने कार्यमा कसैलाई छुट नभएको र त्यस्ता गलत कार्यमा संलग्न भए सरकारले कारवाही गर्ने बताउनुभयो । जग्गाविहीन सुकुम्वासीलाई सरकारले घर बनाइदिने भन्दै उहाँले सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने काम शुरु भइसकेको जानकारी दिनुभयो ।
दमक–३ स्थित वेलडाँगीमा आयोजित शिलान्यास समारोहमा संविधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अब देशले विकासको फड्को मार्दै गएकाले सरकारको लक्ष्य सुखी नेपाली, समृद्ध नेपालले सार्थकता पाउने बताउनुभयो । शिलान्यास समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईलगायतले समेत बोल्नुभएको थियो ।
आजै प्रम ओलीले दमक नगरपालिकाद्वारा निर्माण भएको दमक–१ स्थित एकीकृत नमूना बस्ती मनमाया राईलाई साँचो दिएर समुदायलाई हस्तान्तरण गर्नुभएको थियो । दमक नगरपालिका, प्रदेश र केन्द्र सरकारको करीब रु चार करोड लगानीमा २३ वटा घरसहितको नमूना बस्ती निर्माण भएको नगरपालिकाले जनाएको छ । यसअघि उहाँले दमकको कृष्णमन्दिरदेखि वेलडाँगी जोड्ने कालोपत्र सडक र दमक र मोरङको मिक्लाजुङ जोड्ने मावा खोलाको पुलको उद्घाटन गर्नुभएको थियो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



