-
पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकासमा क्रियाशील हुन सरकारलाई आग्रह गर्नुभयो ।
उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै राम्रो उपयोग हुनुपर्नेमा जोड दिँदै प्रदेश प्रमुखले जनभावनाअनुरुप सरकार बढ्न सक्दा प्राप्त हुने लोकप्रियता अन्य प्रदेशका लागि पनि नमूना हुन सक्ने धारणा राख्नुभयो । नदीनाला र ताल तलैयाँलगायतका साधन स्रोतको उपयोग गर्ने वातावरण निर्माण हुनुपर्नेमा उहाँको जोड छ ।
सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अवधिमा आवश्यक कानून निर्माण भई सरकार भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा अघि बढिरहेको बताउनुभयो । प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजना बनाइसकिएको बताउँदै उहाँले २५ वर्षे दीर्घकालीन योजनासमेत तयार भइसकेको जानकारी दिनुभयो । प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध भएको बताउँदै शान्ति सुरक्षाको प्रभावकारिताका लागि प्रहरी सेवालाई पनि प्रभावकारी बनाउन खोजिएको धारणा राख्नुभयो ।
प्रदेशभित्र सडक पूर्वाधार विकासका काम तीव्ररुपमा अघि बढेको बताउँदै उहाँले खानेपानी र विद्युतजस्ता अत्यावश्यकीय सेवालाई घरघरमा पुर्याउने गरी काम बढिरहेको बताउनुभयो । सरकारको घोषित कार्यक्रमअन्तर्गत ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने योजनाअनुरुप गरिएको अध्ययन अनुसन्धानका क्रममा ५१ वटा स्थानीय तहमा यसको सम्भावना देखिएको र आगामी पाँच वर्षभित्र उद्योग ग्राम स्थापना गरिने जानकारी दिनुभयो । गण्डकी प्रदेशलाई पर्यटनको राजधानी घोषणा गर्न सङ्घ सरकारसँग माग गरिएको बताउँदै उहाँले यसबीचमा पर्यटन पूर्वाधारका विभिन्न काम अघि बढाइएको धारणा राख्नुभयो ।
प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले निर्वाचनका क्रममा व्यक्त गरिएका घोषणापत्र अनुसार काम भयो वा भएन त्यसको समीक्षा गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । सरकारले हाम्रा नभनी राम्रा राष्ट्रसेवकलाई प्राथमिकतामा राख्नसके त्यसले अन्य प्रदेशबाट पनि कमचारीको आकर्षण यसतर्फ बढाउन सकिनेमा उहाँको जोड छ ।
प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले प्रदेश सरकार समृद्धि र विकासलाई लक्षित गर्दै अघि बढिरहेको बताउँदै यस अवधिमा धेरै महत्वपूर्ण कामले गतिलिएको बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारद्वारा प्रकाशित गण्डकी प्रदेश सरकारका दुई वर्ष नामक पुस्तकको मुख्यमन्त्री गुरुङ र प्रदेश प्रमुख शेरचनले संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।
कार्यक्रममा प्रदेश सर्वोत्कृष्ट कर्मचारीका रुपमा एक लाख रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव दलबहादुर अधिकारीलाई पुरस्कृत गर्ने घोषणा गरिएको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखाअधिकृत सुमन भट्टराईलगायत प्रदेश अन्तर्गतका १८ जना कर्मचारीलाई ५० हजार र २५ हजार रुपैयाँ नगद सहित उत्कृष्ट निजामती कर्मचारीका रुपमा पुरस्कृत गर्ने घोषणा गरिएको थियो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१