

-
विराटनगर । ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु राम्रो’ भने जस्तै विपद्बाट जोखिम कम गर्न सशस्त्र प्रहरीको प्रयासमा स्थानीय तहले समर्थन जनाएको छ । आगलागी, बाढी, पहिरो, दुर्घटना, सर्पदङ्श र भूकम्पजस्ता विपद्ले मानिसको ज्यान लिने मात्र नभई समाजलाई नै सखाप पार्ने भएकाले यसबाट बच्न र बचाउन सशस्त्र प्रहरी बल नेपाल नं.३ गण हेडक्वाटर कङ्कालनी मोरङद्वारा स्थानीयवासीलाई विपद् व्यवस्थापन अनुशिक्षण तालीम शुरु गरेको छ ।
मोरङको कटहरी गाउँपालिकाबाट शुरु भएको दुई दिने सो तालीम जिल्लाका १७ वटै स्थानीय तहमा जनप्रतिनिधिलाई दिने कार्यक्रम रहेको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । तालीमले क्षमता अभिवृद्धि गर्नुका साथै कुनै पनि विपद् आइपरेमा तत्काल उद्धार एवम् राहतमा उहाँहरुको सक्रिय सहभागिता हुने र यसबाट जनधनको क्षतिलाई कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
मोरङमा बूढी नदी, बक्रहा, सिङ्गिया र मावालगायतका ठूला नदी छन् भने वर्षात्का मौसममा यी नदीले लाखौँका धनसम्पति नष्ट गर्नुका साथै मानिसको जीवन कष्टकर बनाउने गरेको छ । तत्काल राहत एवम् उद्धारमा सक्रिय हुनुपर्ने सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना पुग्नु अगावै धेरै जनधनको क्षति हुने गरेकाले स्थानीय तहमा नै तालिक दिने र जनधन हानी हुनबाछ बचाउने तालिमको उद्देश्य रहेको छ ।
विपद् पूर्वतयारी गर्ने दृष्टिले स्थानीय तह यो तालिम हुनु राम्रो र यसबाट हामीलाई ज्ञान, सीप र क्षमता अभिवृद्धि हुने कटहरी गाउँपालिकाका उपाध्यक्ष मञ्जीताकुमारी सरदारले बताउनुभयो । दश लाखभन्दा बढी जनसङ्ख्या रहेको मोरङमा विराटनगर महानगरपालिका, बेलबारी नगरपालिकामा आगो नियन्त्रण गर्ने दमकल छ भने सनुवर्षी गाउँपालिका र रङ्गेली नगरपालिकाले संयुक्तरुपमा एक दमकल खरीद गरी वरिपरि हुने आगलागीमा सेवा प्रदान गर्दै आएको छ । सत्र वटा स्थानीय तहमा अहिले पनि १३ वटा स्थानीय तहमा दमकल छैन भने सुख्खा मौसममा हुने आगलागीबाट बचाउन अझै पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समस्या भइरहेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विपद् व्यवस्थापन कार्य सञ्चालन ऐनले प्रत्येक स्थानीय तहका वडाध्यक्षलाई विपद् व्यवस्थापनसम्बन्धी तालीम दिई स्थानीयस्तरमै विपद् व्यवस्थापन समिति बनाउनुपर्ने बताउँदै विपद्मा उहाँहरुको भूमिकालाई अझ फराकिलो र कसिलो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले विपद्बाट अछुतो नरहेको यो गाउँपालिकामा तालीमले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्दै अगामी दिनमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, फाल्गुन ४, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२