-
बाजुरा । नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो । गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी शुरु गरिएको जगन्नाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताउनुभयो । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको उहाँको भनाइ छ ।
गाउँपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक मावि तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य गाउँपालिकामा रहेका सबै आधारभूत विद्यालयमा समेत जडान गर्ने तयारी थालिएको छ । तत्काल गाउँपालिकाको देवलकोट मावि, कैलाश मावि र सरस्वती माविमा पहिलोपटक विद्युतीय हाजिरी शुरु गरिएको प्रविधि अधिकृत एवं सूचना अधिकारी सिर्जना शाहीले जानकारी दिएकी छन् । विद्युत्, कम्प्युटर र अन्य आवश्यक सामग्री जडानपछि विद्युतीय हाजिरी शुरु गरिएको शाहीको भनाइ छ ।
विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ । शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै शुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।
विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको देवलकोट मावि विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बमको भनाइ छ । शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भए पनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तर बाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको पनि शुरुआत गरिएको छ ।
पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन ३, २०७६
सम्बन्धित शीर्षकहरु
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन गर्ने चेतावनी
शनिबार, माघ ५, २०८१भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु
शनिबार, माघ ५, २०८१गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
आजको मौसम कस्तो रहला ?
शनिबार, माघ ५, २०८१ -
शिक्षकहरुद्वारा योगदानमा आधारित पेन्सन योजनाको विरोध, आन्दोलन..
शनिबार, माघ ५, २०८१ -
भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात..
शनिबार, माघ ५, २०८१ -
गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत
शनिबार, माघ ५, २०८१ -
इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ..
शनिबार, माघ ५, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१