![](https://janaprashasan.com/wp-content/uploads/2022/11/nmb-1200-120.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2024/01/1200-x-100-_digital-sansar.gif)
-
काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । नियुक्तिसँगै उहाँ नेपाल प्रहरीको २७ औँ महानिरीक्षक बन्नुभएको छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) का रुपमा रहनुभएका ज्ञवाली प्रदेश नं १ का प्रहरी प्रमुख हुनुहुन्थ्यो । उहाँको कार्यकाल मात्र पाँच महिनाको हुनेछ ।
हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास लिने भएकाले सरकारले ज्ञवालीलाई प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । तीनै जना प्रहरी अतिरिक्त महानिरीक्षकले समेत आजै अनिवार्य अवकाश लिन लाग्नुभएकाले सरकारले उहाँलाई डिआइजीबाट सोझै प्रहरी महानिरिक्षकमा बढुवा गरेको हो । ज्ञवाली विसं २०७५ असोजमा प्रहरी नायब महानिरीक्षकमा बढुवा हुनुभएको थियो ।
खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाइ हुँदैछ । बुधबार नवनियुक्त आइजी ज्ञवालीलाई स्वागत गर्ने कार्यक्रम राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नियमावली २०७२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) नभएको खण्डमा डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दामुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ । सोही आधारमा सरकारले उहाँलाई नियुक्त गरेको हो ।
यसपटक भने आज रातिदेखि लागू हुने गरी प्रहरी महानिरीक्षक खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातको पनि आजै अनिवार्य अवकाश हुँदैछ । उहाँहरूसँगै १८ प्रहरी नायब महानिरीक्षक (डिआइजी)सहित आज २२ को अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।
अवकाश पाउन लाग्नुभएका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति हुनुहुन्छ ।
नवनियुक्त ज्ञवाली २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो । उहाँहरूको सेवा अवधि आगामी असारसम्मको छ । हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उहाँको नाम वैकल्पिक उम्मेदवारका रूपमा निस्किएको थियो । त्यसकारण उहाँ पाँच महिना ढिला गरी नियुक्ति हुनुभएको थियो । रासस
News Desk 0 response मङ्लबार, माघ २८, २०७६
![](https://i1.wp.com/janaprashasan.com/wp-content/uploads/2021/02/Health-Kosh-_-Final.gif)
![](https://janaprashasan.com/wp-content/uploads/2020/01/GP__Koirala__gif__Final-1.gif)
सम्बन्धित शीर्षकहरु
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१