-
काठमाडौँ । सरकारले ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले जनस्तरबाटै अपनत्व हुने गरी दिवस मनाउने निर्णय गरेको हो । दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ ।
दिवस सम्पन्न गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन उपसमिति र चौर, कवाज, व्यायाम व्यवस्थापन उपसमितिको संयोजकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई तोकिएको छ ।
आगामी फागुन ७ गते मनाइने दिवसको अवसरमा ६ गतेदेखि नै तीनदिन विभिन्न कार्यक्रम सञ्चालन गरिने गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ६ गते नगर सरसफाइ तथा सजावट, प्रचारप्रसार, तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने छ । फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुनेछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृहमन्त्रालयले जनाएको छ ।
दिवसको अवसरमा फागुन ६, ७ र ८ गते घरघरमा साँझ दीपावली गर्नसमेत सरकारले आग्रह गरेको छ । स्कूल, सङ्घसंस्था र पालिका तथा प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासले समेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।
यस्तै उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने सरकारले जनाएको छ । प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने सरकारले जनाएको छ । दिवसका अवसरमा सरकारले विभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी, खेलकूद, परिसंवाद, प्रवचन, तथा गोष्ठी, झाँकी प्रदर्शन र सरसफाइजस्ता कार्यक्रम गरेर मनाउन सरकारले सबैमा अपिल गरेको छ । रासस
News Desk 0 response मङ्लबार, माघ २८, २०७६
सम्बन्धित शीर्षकहरु
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट खारेज
आइतवार, माघ ६, २०८१-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
खो–खो विश्वकपको फाइनलमा महिला टोली भारतसँग पराजित
आइतवार, माघ ६, २०८१ -
बामदेवबाट अलग्गिएको समूह माओवादीमा जाने
आइतवार, माघ ६, २०८१ -
गाजाबाट रिहा हुने पहिलो तीन महिला बन्धकको..
आइतवार, माघ ६, २०८१ -
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको..
आइतवार, माघ ६, २०८१ -
मोरङमा जङ्गली हात्तीको उपद्रो, एक जनाको मृत्यु
आइतवार, माघ ६, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१