

-
काठमाडौँ । निजी क्षेत्रको विद्युत् उत्पादक कम्पनी बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई कूल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश एवं १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । कम्पनीले खिम्ती जलविद्युत् आयोजना, झिमरुक र आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आव २०७५/७६ को खुद मुनाफासहितको सञ्चितीबाट आफ्ना शेयरधनीलाई सात प्रतिशत शेयर लाभांश तथा कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाले आव २०७५/७६ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीका अनुसार १५ प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसमा शेयर लाभांशतर्फ रु दुई करोड ९२ लाख २१ हजार ५०० र नगद लाभांशतर्फ रु ९७ लाख ४० हजार ५०० वितरण गर्ने प्रस्ताव गरिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुने कम्पनीले जनाएको छ । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँको नोट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने
बिहिबार, मंसिर १९, २०८२-
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



