

-
काठमाडौं । नेपाली काँग्रसका पूर्व सभापति शुशिल कोईराला प्रधानमन्त्री र सोही दलका नेता नरहरि आचार्य कानुनमन्त्री भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा प्रवेश गरेका राजनारायण पाठकले काँग्रेस नेता गुहार्न थालेका छन् । तर, उनलाई नेपाली काँग्रेसका नेताहरुले पनि खास साथ दिएका छैनन् । बिवादास्पद छवि भएका अमरेशकुमार सिंह भने पाठकको पक्षमा भित्रभित्रै लबिङ गरिरहेका छन् ।
घुस लिएका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने सहमति नेकपा भित्र भएको छ ।
पाठकले नेपाल इन्जिनियरिङ क्याम्पसका सञ्चालकबीचको मुद्दा मिलाइदिने भन्दै घूस रकम लिएको समाचार सार्वजनिक भएपछि नेकपाले उनीमाथि महाअभियोगको तयारी गरेको हो। नेकपाका नेताहरूले पाठकलाई राजीनामा दिन सुझाएका थिए । तर, उनले शुक्रवार मध्यान्हसम्म पनि राजीनामा दिएनन् । उल्टो बिभिन्न शक्ति केन्द्रमा पाठक पुगेका छन् ।शुक्रबार बिहानसम्म उनको राजीनामा नआए उनीमाथि महाअभियोग दर्ता हुन सक्ने नेकपाका एक नेताले बताएका थिए । पाठकले भक्तपुरको चांगुनारणस्थित नेपाल इन्जिनियर कलेजका सञ्चालकबाट घूस लिइएको भिडियो रेकडसम्बन्धी समाचार सार्वजनिक भएको थियो। कलेज सञ्चालहरूबीच नै विवाद भएपछि उक्त घटना बाहिरिएको हो।
News Desk 0 response शुक्रबार, फाल्गुन ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



