

-
काठमाडौँ ।
सरकारी चिकित्सक संघ (गोदान)ले आफ्ना विभिन्न माग पूरा गराउन दबाब दिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा घेराउ गरेको छ । कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति लगायतका विभिन्न विषयमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई गत हप्ता भेट गरी गोदानले ध्यानाकर्षण गराएको थियो ।
गोदानका पदाधिकारी लगायत सदस्यले आफ्ना माग पूरा गराउन आइतबार तीन घण्टा मन्त्रालय घेराउ गरेको अध्यक्ष डा दीपेन्द्र पाण्डेले जानकारी दिए । गोदानले सरकारी चिकित्सकलाई समयानुकूल तलबरभत्ता वृद्धि, अस्पतालको भौतिक पूर्वाधार विस्तार, उपकरण र औजारको व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चितता गर्न माग राखेको छ ।
अन्य मागमा प्रदेशरस्थानीय निकायमा समायोजन हुने चिकित्सकहरूको सेवा सुविधा, सुरक्षा, सरुवा, बढुवा लगायत वृत्ति विकास सुनिश्चित भएर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने, समायोजनलाई अनिवार्यभन्दा स्वैच्छिक बनाउँदै समायोजन हुँदा एक तह स्तर वृद्धि गर्नुपर्ने, प्रदेशरस्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउन सक्ने प्रावधान मिलाउन भनिएको छ ।
प्रदेश अन्तर्गतका सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य सेवाका वरिष्ठ चिकित्सकरस्वास्थ्यकर्मी मध्येबाट सचिव नियुक्ति गरिने प्रावधान ल्याउन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्वास्थ्य सेवा समूहबाट नियुक्ति गर्न, एघारौँ तहका स्वास्थ्यका कर्मचारीलाई निजामती सरह प्रशासनसम्बन्धी तालिम दिई अन्य प्राविधिक निकाय सरह जुनसुकै मन्त्रालयको सचिव हुनसक्ने व्यवस्था गर्न, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा छिटो पदाधिकारी नियुक्ति गर्न, सबै स्वास्थ्य प्रतिष्ठानहरूलाई व्यवस्थित गर्न साझा छाता ऐन ल्याउन समेत गोदानले माग गरेको छ । रासस
News Desk 0 response आइतवार, पुस २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



