• काठमाडौ । नेपाली काँग्रेसका नेता गिरीजाप्रसाद कोईरालाको नाममा स्थापना भएको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले सेवा बिस्तारका काम तीव्र गतीमा अघि बढाएको छ ।
    केन्द्रले सेवा बिस्तारकै क्रममा आफ्नै फार्मेसी सञ्चालन गरेको छ । तनहुँको दुलेगौंडामा रहेको यो अस्पतालमा असार एक देखि आवश्यक औषधीको सेवा प्रदान गर्ने हिसावले फार्मेसी सञ्चालनमा आएको छ । कुनै पनि सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नु पर्ने अनिवार्य नियमपछि यो सेवा सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अनुगम गरेपछि फार्मेसी सञ्चालन गरिएको हो । गत बैशाख ३० गते मन्त्रालयका उपसचिव भवनाथ खतिवडा,प्रमुख लेखा नियन्त्रक मुक्तिनाथ न्यौपानेसमेतको टोलीले अनुुगमन गरेको थियो । टोलीले अस्पतालको अन्य सेवा सुबिधा स्तरीय रहेको भन्दै तुरुन्त आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने लिखित सुझाव दिएको थियो । सोही अनुरुप काम भएको हो ।
    सुरुमा नेपाल सरकारले फार्मेसी सञ्चालनका लागि २० लाख रुपैयाँ पूँजी उपलब्ध गराएपछि काम सुरु भएको छ । सेवा सुरु भएसँगै आसपासका बिरामीहरुले अस्पताल हाताभित्र नै सरल र सहज ढंगले औषधीको सुबिधा पाएका छन् । निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा बिरामी महंगो रकममा औषधी खरिद गर्नुपर्ने वाध्यतामा थिए । तर, सरकारी फार्मेसीले सहज रुपमा सेवा दिएको सदस्य नारायणप्रसाद सिग्देलले वताए ।
    नेपाल सरकारले कोईरालाको सम्मानमा अस्पताल स्थापना गर्ने आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पहलमा यो अस्पतालमा स्थापना भएको हो ।
    नेपालमा मुटु रोग अस्पताल, क्यान्सर रोगको अस्पताल, मृगौलाको अस्पताल भएपनि फोक्सो रोगको पनि एउटा अस्पताल स्थापना गर्न आवश्यक देखिएकोले यो अस्पताल स्थापना भएको थियो । तनहुँमा ७ सय रोपनी जग्गा केन्द्रको नाममा रहेको छ ।
    स्वास्थ्य मन्त्रालयले मन्त्रीपरिषद्को निर्णय मार्फत सामुदायिक अस्पताल जिम्मा लिएर हस्तारण गरेको यो अस्पताल अहिले ३० वेडसम्ममा सेवा प्रवाह हुनेछ ।
    ‘हाल केही उपलब्धि भएपनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आफ्नो सेवा सुविधा महसुस मात्र गराईराखेको लक्ष्यमा पुग्न अझै बाँकी नै रहेको सञ्चालक सदस्य रामकुमार भण्डारीले जानकारी दिए । सरकारले यो उपचार केन्द्रलाई बिशेष प्राथमिकतामा राखेका कारण पनि हाल सेवा स्तरीय भईरहेको पनि भण्डारीको भनाई छ । अब चाहि हामी यसको लक्ष्य पुरा गर्ने योजनामा लाग्ने छौं ।
    नेपाली नागरिकहरुले फोक्सोको उपचारका लागि विदेशमा जान नपरोस् भन्ने उदेश्यले स्थापना भएको अस्पताल भएका कारण पनि त्यहाँ रहेको सामुदायिक अस्पताल नेपाल सरकारमार्फत केन्द्रको स्वामित्वमा ल्याएर सेवा प्रदान गरिएको वताईएको छ ।
    अस्पताल ब्यवस्थित हुँदै गएपनि अहिले बजेटको समस्या रहेको छ । पूर्वाधार निर्माणको लागि बजेट आवश्यक रहेको अस्पतालस्रोतले जनाकारी दिएको छ ।
    स्वासप्रश्वास अस्पताल सञ्चालन गर्नको लागि यो सम्बन्धि विशेषज्ञ चिकित्साकहरुको आवश्यक परेको छ । विशेषज्ञ चिकित्सकहरुलाई आफ्नै स्रोतबाट पाल्न सक्ने अवस्था नभएको कारण पनि समस्या देखिएको छ ।
    पूर्वाधार विकास सँगै दक्ष जनशक्ति उत्पादनको कार्यलाई प्राथमिकमा राखेको पनि सदस्य भण्डारीले वताए ।
    अन्य अस्पताल राजधानी केन्द्रित भएको कारण ठूला ठूला डाक्टर राजधानी नै बस्न रुचाउने भएकोले राजधानी बाहिर अस्पताल सञ्चालन गर्न चुनौती रहेको छ ।
    जिपीले बिशेषज्ञ डाक्टर राखेर सेवा सञ्चालनमा ल्याउन खोजिरहेको छ । डाक्टरहरु काठमाडौमा बस्दा जति सहज हुन्छ, काठमाडौं बाहिर बस्दा सेवा सुविधा खोज्ने भएकाले सो अनुरुप सुविधा दिने तयारी रहेको पनि अस्पतलास्रोतले जानकारी दिएको छ । यो अस्पताल सरकारी भएका कारणले नेपाल सरकारको नियम कानून भन्दा बाहिर जान नमिल्ने भएकाले पनि सेवा सुबिधाको बिषयमा समस्या रहेको उनीहरुको भनाई छ । यसलाई मन्त्रालयले पनि गहन रुपमा लिएको पछिल्लो कामले देखएको छ । स्वास्थ्य मन्त्रालयले सहयोग गरेर चाँडै नै चिकित्सकको व्यवस्था गर्ने तयारी रहेको छ । स्वास्थ्य मन्त्रालयको अघिल्ला संयन्त्रले उचित काम नगर्दा रोकिएका धेरै काम पछिल्लो नेतृत्वका कारण भईरहेको छ । साथै आवश्यक उपकरणका लागि पनि मन्त्रालयमा पहल भईरहेको छ । यसलाई प्रतिष्ठान तहको रुपमा विकास गर्ने योजना सञ्चालकहरुको छ । नेपाल सरकारले सातै प्रदेशमा मेडिकल कलेजसहितको अस्पताल स्थापना गर्ने लक्ष्य लिएको र एउटा प्रतिष्ठान यसैलाई वनाउनका लागि पहल भईरहेको छ ।
    विशेषज्ञ सेवा उपलब्ध गराउने, विशेषज्ञ जनशक्ति उत्पादन गर्ने, नर्सिङ कलेज पनि सञ्चालन गर्ने र कर्मचारीहरुको आवाससहितको व्यवस्थित ढंगको उच्च स्तरीय सुबिधाको भौतिक पूर्वाधार निर्माण गर्ने योजना अस्पतालले लिएको छ । यहाँ कुनै पनि नेपालीले नेपालमै विदेशमा पाए सरहको फोक्सोको उपचार पाउने ब्यवस्था गर्न लागेको वताईएको छ । उपचारको लागि नेपाली रकम बिदेश लैजाने क्रम घटाउने योजनामा यो अस्पताल रहेको छ । पर्याप्त जमिन तथा पूर्वाधार भएको नेपालको राजनीतिक इतिहासका उच्च ब्यक्ति गिरिजाप्रसाद कोईरालाको नाममा रहेको यो अस्पताललाई सरकारी पक्षवाट भने आवश्यक सहयोग भएको पाईदैन । यसको बिकास र विस्तारका लागि नेपाल सरकारले बिशेष योजना नै अघि सार्नु पर्ने स्थानीयवासिन्दाको पनि माग छ ।
    जनप्रशासन पािक्षकवाट