

-
काठमाडौं ।
कर्मचारीले आफनो तलव भारी मात्रामा बृद्धि गर्न माग गरेका छन् । कर्मचारीको आधिकारिक ट्रेड युनियनले मुख्य सचिवको तलब मासिक डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ हुनुपर्ने माग गरेको हो । उनीहरुले अर्थमन्त्री युवराज खतिवडालाई भेटेर तलव बृद्धिको माग गरेका थिए ।
कार्यालय सहयोगीको भन्दा मुख्य सचिवको तलब पाँच गुणा माथि हुने गरी युनियनले तलब वृद्धिको प्रस्ताव गरेको हो। अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले कर्मचारीको भारी तलब वृद्धिको माग गरेको हो।अहिले कार्यालय सहयोगीको तलब करिब २० हजार र मुख्य सचिवको मासिक ६० हजार रुपैयाँको हाराहारीमा छ। उनीहरुले त्यसलाई वृद्धि गर्न माग गरेका हुन्।
आधिकारिक ट्रेड युनियनले सरकारले वार्षिक सात हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको पोशाक भत्ता १५ हजार रुपैयाँ पुर्याउन पनि माग गरेको छ। कर्मचारी युनियनले निजामती कर्मचारीलाई वर्षको अन्त्यमा १५ दिन आन्तरिक पर्यटन काजको व्यवस्था मिलाउन पनि माग गरेको छ।
आउँदो आर्थिक वर्षको बजेटको तयारीमा सरकार रहेकाले आफूहरुले आफ्ना मागबारे अर्थमन्त्रीलाई जानकारी गराएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले बताए।
News Desk 0 response बिहिबार, जेष्ठ १०, २०७५

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमती र नातेदारलाई सरकारी नियुक्ति दिलाए
सोमवार, मंसिर ९, २०८२
सिमराको स्थिति सामान्य बन्दै, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न गृह मन्त्रालयको आग्रह
बिहिबार, मंसिर ५, २०८२-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२



