

-
मानेश्वाँरा, सिन्धुपाल्चोक । पुरातत्व विभागको आर्थिक सहयोगमा गोरखा भूकम्पले क्षतिग्रस्त करीव दुई सय वर्ष पुरानो गोल्मा भीमेश्वर मन्दिर पुनःनिर्माण शुरु हुने भएको छ ।
बाह्रबीसे नगरपालिका–८, मानेश्वाँरामा प्रदेशमन्त्री र सदस्य, नगरपालिका, स्थानीय भक्तजन, साधुसन्त, बुद्धिजीवीको उपस्थितिमा सो मन्दिरको सामूहिक शिलान्यास र पूजाआजा बुधबार गरिएको छ । चालु आवमा रु १५ लाख रकम विनियोजन गरी पुरातत्व विभागले परम्परागत सुर्खी र चुना प्रयोग गरी पेगोडा(छानेशैली)मा सो मन्दिर बनाउन लागेको हो ।
गोल्मा भीमेश्वर र त्यसको उत्तरमा पर्ने उग्रचण्डी लिस्तीमाईको नेपाल तिब्बत युद्धताका जङ्गबहादुर राणाले पूजाआजा गरी दुगुनागढीतर्फ लागेको बताइएको छ ।सिन्धुपाल्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्र बाह्रबीसे बजारबाट उत्तरपश्चिम पर्ने बाह्रबीसे –भैरवकुण्ड सडकको चार किमी दूरीमा पर्ने मानेश्वाँरा गोल्मास्थानस्थित प्राचीन ऐतिहासिक धरोहर गोल्मा भीमेश्वर मन्दिरमा करीब दुई सय वर्षअघिदेखि नित्य पूजाआजा गरिँदै आएको गोल्मा भीमेश्वर मन्दिर सम्बद्र्धन समितिले जनाएको छ । त्यसैबेलादेखि गोल्मा भीमेश्वर मन्दिर निर्माणस्थलमा दुई रोपनी आठ आना जग्गा र गुठी व्यवस्थापनका लागि २८ रोपनी आवादी खेत हर्रे भन्ने ठाउँमा रहेको समितिले जनाएको छ ।
मन्दिरमा चण्डीपूर्णिमा, जेठ पूर्णिमा र धान्यपूर्णिका दिन मेला लाग्छ । गोल्मा भीमेश्वरले सम्पत्ति, सन्तान, पशुपन्छी, विवाह, शिक्षा, नोकरी, व्यापारमा लाभ दिने तथा चोरीडकैती भई लुटिएको सामान फिर्ता पाइने र बिघ्नबाधा हटाउने जस्ता कामना पूर्ण दिने जनविश्वास छ ।
मन्दिरको प्रदेश नं ३ का उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य रमेश पौडेल, विश्व हिन्दू महासङ्घ नेपालका सभापति नीलप्रसाद भण्डारी, स्वामी दीनदयालजी महाराज, राष्ट्रिय धर्मसभाका धर्मराज बराल, बाह्रबीसे नगरपालिकाका उपप्रमुख सुशीला पाख्रिन, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरीशङ्कर नेपाल, समाजसेवी अम्बिका नेपाललगायतले सामूहिक शिलान्यास र पूजा गर्नुभएको थियो ।
ब्राह्मण, क्षेत्री, तामाङ, गुरुङ, दलित, नेवार आदि जाति रहेको मानेश्वाँराबाट जुगल र अन्य हिमाल देख्न सकिन्छ । भोटेकोशीको किनारमाथि पर्ने यहाँ पक्की सजिलो बाटो र पानी र मावि तहको विद्यालयको समस्या देखिएको र खेती पनि घट्दो प्रतिफलमा रहेको स्थानीयवासी राम नेपाल बताउनुहुन्छ । भूकम्पले क्षतिग्रस्त यहाँका प्रायः सबै घर पुनःनिर्माण भइसकेका छन् । भूकम्पमा यहाँ दुई जनाको मृत्यु भएको थियो । कृषि, व्यापार, नोकरी र वैदेशिक रोजगार यहाँका अधिकांशको पेशा रहेको छ ।
प्रदेश नं ३ का उद्योगमन्त्री नेपाल सिन्धुपाल्चोकको बाह्रबीसेदेखि रसुवाको भैरवकुण्डसँग बाटो निर्माण गरी पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले घरबास जस्ता कार्यक्रम ल्याई पर्यटकलाई आफ्नो जातीय संस्कृति र परम्पराप्रति आकर्षित गर्न स्थानीय बासिन्दालाई आग्रह पनि गर्नुभएको छ । नगरपालिकाका उपप्रमुख पाख्रिनले नगरपालिकाले मन्दिर बनाउन सहयोग गर्ने बताउँदै घुमथान–राम्चे–मानेश्वाँरा १३ किमी बाटो पीच गरिने जानकारी दिनुभएको छ ।
हिन्दू महासङ्घका सभापति भण्डारीले करीव ९६ प्रतिशत ॐकार परिवारका मानिस रहेको नेपालमा हिन्दूधर्मले सबैलाई समान व्यवहार गर्ने बताउँदै मन्दिरका लागि महासङ्घले सहयोग गर्न वचन दिनुभएको छ । उहाँले भन्नुभयो, “हिन्दू र बौद्ध धर्म एकअर्काका पाटा हुन्, हाम्रा धर्मलाई सबैले जोगाऔँ ।”
स्वामी दीनदयालले मानेश्वाँरालाई धार्मिक पर्यटकीयस्थल बनाउन सुझाव दिँदै मन्दिरको सुव्यवस्थापन गरी प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । मन्दिरका आजीवन संरक्षक तथा सनातन संस्कृति समाज नेपालका उपाध्यक्ष बरालले मन्दिर क्षेत्रमा धर्मशाला एवं सत्तल बनाई हिन्दू धर्म, संस्कृतिका बारेमा दिनहुँ अन्तक्र्रिया गर्न आग्रह गर्नुभएको छ
प्रदेशसभा सदस्य पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गौरीशङ्कर, बाह्रबीसे–८का वडाध्यक्ष सुरज लामा, नेकपा(माओवादी)का पोलिटब्युरो सदस्य सरल सहयात्री, साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, तत्कालीन जिविस सदस्य भक्तबहादुर नेपाली, अच्युत नेपाललगायतले पनि मन्दिर निर्माण गरी सो क्षेत्रमा महायज्ञ गरी धार्मिक पर्यटकीयस्थल बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।पुरातत्व विभागका इञ्जिनीयर सुजन बुढाथोकी १०० वर्ष पुरानो भएको प्रमाण भेटिएकाले विभागले आफ्नो खर्चमा मन्दिर पुनःनिर्माण गर्न लागेको जानकारी दिनुहुन्छ । उहाँका अनुसार चालु आवमा डिपिसी सकी आगामी आवमा मन्दिरको पेटीसहित १२.५ –१२.५फिट लम्बाइ चौडाइ र गाह्रोको मोटाइ २ फिटको मन्दिर पहिलेकै ढाँचामा बन्नेछ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीशङ्करले विसं १९०८ देखि १६सम्म मन्दिरको गुठीले जग्गाको आयस्ता लिएको र सरकारलाई केही बुझाएको जङ्गबहादुरको पञ्जापत्र(लालमोहर) लागेको अभिलेख आफूहरुसँग रहेको बताउनुहुन्छ । “मन्दिरलाई सुन्दर बनाई यो भेगको धार्मिक पर्यटकीय गन्तव्य बनाउन हामी लाग्नेछौँ”, उहाँले भन्नुभयो । मूल मन्दिरका बाहिरी काममा जनसहयोग गर्न स्थानीयवासीले आजीवन संरक्षक र सदस्य बनी आर्थिक सहयोग गर्ने क्रम बढ्दैछ । सो अवसरमा मन्दिर व्यवस्थापन समितिका आजीवन संरक्षक आठ जना र आजीवन सदस्य ६४ जनालाई सम्मान पनि गरिएको थियो ।
श्याम रिमाल/रासस
News Desk 0 response सोमवार, चैत्र ५, २०७४

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



